Dark Mode

      Subscribe

रास्वपाको प्रदर्शन रोक्न बालुवाटारमा व्यापक सुरक्षाकर्मी परिचालन, १५ कार्यकर्ता पक्राउ

897
SHARES
रास्वपाको प्रदर्शन रोक्न बालुवाटारमा व्यापक सुरक्षाकर्मी परिचालन, १५ कार्यकर्ता पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै बालुवाटार केन्द्रित प्रदर्शन गरेपछि यो क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएको छ ।

 

आज बालुवाटारमा भएको प्रदर्शनको क्रममा प्रहरीसँग ठाउँ ठाउँमा झडप भएको छ । रास्वपाका १५ कार्यकर्ता पक्राउ परेका छन् ।



nationalnews7 nationalnews7   
  • October 29, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP