Dark Mode

      Subscribe

कोशीका आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने

1.1K
SHARES
कोशीका आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने

काठमाडौँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका विषय विवादमा परेपछि अधिकारीले आज राजीनानामा दिन लागेका हुन् ।

 

राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन गर्दैछन् । अधिकारीले नैतिकतामा आधारमा राजीनामा दिन लागेको उनी निकट स्रोतले बताएको छ ।

 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले पनि अधिकारीले राजीनामा दिन लागेको जानकारी दिए ।



nationalnews7 nationalnews7   
  • November 6, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP