Dark Mode

      Subscribe

इजरायलको पछिल्लो आक्रमणमा ८८ प्यालेस्टाइनीको ज्यान गयो

1.1K
SHARES
इजरायलको पछिल्लो आक्रमणमा ८८ प्यालेस्टाइनीको ज्यान गयो

न्युयोर्क – इजरायली सेनाले उत्तरी गाजामा गरेको दुई भिन्न आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ। बेहित लाहिया र गाजा सहरको सेख राडवनमा भएको आक्रमणमा सो ज्यान गएको हो। यसैबीच इजरायलले लेबनानको दक्षिणी क्षेत्र टाइयामा गरेको आक्रमणमा नौ जना लेबनानीको ज्यान गएको छ।

हिजबुल्लाहका नेता नियम कसिमले कुनै पनि हालतमा युद्ध विराम हुनुपर्ने र लेबनानको सार्वभौमसत्ता जोगाउनु पर्ने कुरामा अडिग छन्। बुधबार राति खायममा इजरायली सेनामाथि मिसाइल आक्रमण गरेको हिजबुल्लाहले जनाएको छ। अमेरिकी दूत आमोस हचेस्टाइन बेरुतमा वार्ता सकेर तेल अभिभ पुगे लगत्तै सो आक्रमण भएको थियो।

यता अमेरिकी सिनेटमा इजरायलमा हतियार बिक्री गर्ने प्रस्ताव अस्वीकार गरेको छ। अमेरिकाले इजरायललाई हतियार बिक्री गर्न सुरु गरेपछि संसदमा नै मतदान भएको यो पहिलो पटक हो।



nationalnews7 nationalnews7   
  • November 21, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP