Dark Mode

      Subscribe

व्यापार घाटा न्यूनीकरण र निर्यात बढाउने सरकारको लक्ष्य, नयाँ वाणिज्य नीति कार्यान्वयनमा

1.3K
SHARES
व्यापार घाटा न्यूनीकरण र निर्यात बढाउने सरकारको लक्ष्य, नयाँ वाणिज्य नीति कार्यान्वयनमा

काठमाडौं । सरकारले सेवा क्षेत्रको निर्यात वृद्धि र त्यसमार्फत व्यापार घाटा न्यूनीकरण गर्ने लक्ष्यसहित नयाँ वाणिज्य नीति कार्यान्वयनमा ल्याएको छ । वाणिज्य नीति २०७२ प्रतिस्थापन गर्दै सरकारले ‘वाणिज्य नीति २०८१’ कार्यान्वयनमा ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नयाँ नीति कार्यान्वयनबाट आन्तरिक आपूर्ति श्रृङ्खला सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रतिस्पर्धात्मक तथा स्वच्छ बजार विकास, क्षेत्रीय तथा वैश्विक मुख्य शृङ्खलामा आबद्धता बढ्ने र अनधिकृत व्यापार अन्त्य हुने समेत नयाँ नीतिको लक्ष्य छ । तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभका वस्तु तथा सेवा उत्पादन तथा उत्पादकत्व वृद्धि हुने, उत्पादित वस्तुको गुणस्तर बढ्ने, व्यापार तथा पारवहन लागतमा कमी आउने र नेपाली वस्तुको अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमता बढ्ने समेत नयाँ नीतिको लक्ष्य छ ।

व्यापार क्षेत्रमा प्रदेश तथा स्थानीय तहको सहभागिता बढ्दै नेपालको सेवा क्षेत्रको निर्यात बढ्ने र त्यसले आयात व्यवस्थापन र निर्यात प्रवर्द्धन भई व्यापार घाटामा सुधार हुने मन्त्रालयले जनाएको छ । यस नीतिको सफल कार्यान्वयनबाट अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति सहज तथा दिगो हुने समेत मन्त्रालयले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • January 31, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP