Dark Mode

      Subscribe

फागुनका लागि ग्लोबल आइएमईबाहेक अरु बैंकको ब्याजदर स्थिर

1.9K
SHARES
फागुनका लागि ग्लोबल आइएमईबाहेक अरु बैंकको ब्याजदर स्थिर

काठमाण्डौ । २० वटा वाणिज्य बैंकमध्ये एउटाबाहेक अरु सबैले फागुन महिनाका लागि मुद्दतीको ब्याजदर यथावत् राखेका छन् । माघ महिनाको तुलनामा भोलि फागुन १ गतेदेखि लागू हुने गरी सबैजसो बैंकले ब्याजदर यथावत् राखेका हुन् ।

ब्याजदर यथावत् राख्नेहरुमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, हिमालयन, एसबीआई, एभरेष्ट, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, सिद्धार्थ, सानिमा, एनएमबी, प्रभू, सिटिजन, प्राइम कमर्सियल, कृषि विकास, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । तर ग्लोबल आइएमई बैंकले ब्याजदर बढाएको छ । ग्लोबल आइएमईले ब्याजदर ५ दशमलव ७५ प्रतिशतबाट ६ प्रतिशत पुर्‍याएको छ ।



nationalnews7 nationalnews7   
  • February 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP