Dark Mode

      Subscribe

उपप्रधान एवम् अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार जारी

1K
SHARES
उपप्रधान एवम् अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार जारी

काठमाडौं । हट एअर बेलुन पड्केर घाइते हुनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी छ । दिउँसो साढे ३ बजेदेखि दुवैको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँहरुलाई प्राथमिक उपचारपछि सिम्रिक एयरको हेलिकप्टरमा पोखराबाट बर्न अस्पताल ल्याइएको थियो ।  “उहाँहरुको प्रारम्भिक मूल्यांकनअनुसार ५–६ प्रतिशत जलेको तर अनुहार जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ,” अस्पतालले भनेको छ । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उनीहरू घाइते भएका थिए ।

पोखराको गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । अर्थमन्त्रीको हातमा र गालामा बेलुनको छर्रा लागेको र अवस्था सामान्य रहेको अर्थमन्त्रीको सचिवालयले जानकारी दियो । मेयर आचार्यको गाला र घाँटीमा आगोले पोलेको छ ।



nationalnews7 nationalnews7   
  • February 15, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP