Dark Mode

      Subscribe

५ लाख ३० हजार आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

1.6K
SHARES
५ लाख ३० हजार आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानूनी अधिकार खारेज गरेको हो ।

संघीय सरकारद्वारा जारी गरिएको सूचना अनुसार अमेरिकामा कानुनी आधारबिनै बसेका ती आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति र निर्वासनबाट सुरक्षित रहने सुविधा रद्द हुनुअघि देश छोड्न चेतावनी दिइएको छ । बाइडेन प्रशासनको कार्यकालमा ५ लाख ३० हजार प्रवासीहरूलाई सीएचएनभी नामक कार्यक्रममार्फत अमेरिका ल्याइएको थियो।

सीएचएनभी कार्यक्रम क्युबा, हैटी, निकारागुवा र भेनेजुएलाको संक्षिप्त रूप हो । यो अमेरिकी सरकारले ती देशका नागरिकहरूको लागि ल्याएको एउटा मानवीय प्रवासन कार्यक्रम हो । यो कार्यक्रम सन् २०२२ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले सुरु गरेका थिए। सुरुवातमा यो कार्यक्रम भेनेजुएलाका नागरिकहरूको लागि मात्र थियो, तर पछि अन्य देशका प्रवासीहरूलाई पनि समेटियो।

संकटग्रस्त देशका मानिसहरूलाई सुरक्षित, व्यवस्थित र कानुनी रूपमा अमेरिका प्रवेशका लागि यो कार्यक्रम सुरु गरिएको थियो । अवैध रूपमा सीमाबाट प्रवेश गर्ने खोज्नेहरुको संख्या घटाउने उद्देश्यले यो कार्यक्रम लागु गरिएको थियो । यो कार्यक्रम कानुनी रूपमा प्रवासनका ढोका खोल्नका लागि सुरु गरिएको थियो। तर ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि यस कार्यक्रमलाई निलम्बित गरेका थिए ।

यद्यपि, यस अवधिमा तीमध्ये कतिपय प्रवासीहरूले अरु कानुनी बाटो खोल्न सकेकका छन् कि छैनन् भन्ने कुराले उनीहरूले अमेरिकामा वैध रूपमा बस्न अनुमति दिन्छ वा दिंदैन भन्ने बारे स्पष्ट गरिएको छैन । यस कार्यक्रमले आप्रवासीहरू र तिनका परिवारका सदस्यहरूले अमेरिकी प्रायोजक पाएको प्रमाणित गर्न सकेमा अमेरिकामा उडान गर्न र अस्थायी आप्रवासीका रूपमा दुई वर्षसम्म बस्ने अनुमति प्रदान गर्दथ्यो।



nationalnews7 nationalnews7   
  • March 22, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP