Dark Mode

      Subscribe

कांग्रेसका चार शीर्ष नेताबिचको भेटघाट अर्थपूर्ण ? के विषयमा भयो छलफल ?

1.5K
SHARES
कांग्रेसका चार शीर्ष नेताबिचको भेटघाट अर्थपूर्ण ? के विषयमा भयो छलफल ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग पार्टीको आन्तरिक विषयमा छलफल गरेका छन् ।

सभापति देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा पार्टीको आन्तरिक गतिविधिबारे छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा सहभागी पौडेलका अनुसार क्रियाशील सदस्यता विवाद, म्याद थपिएका भ्रातृ संस्थाको महाधिवेशन, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल भएको थियो। बैठक झन्डै तीन घण्टासम्म चलेको थियो।

बैठकमा सरकारको समीक्षादेखि कुलिङ पिरियड छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबारे पनि सामान्य छलफल भएको बताइन्छ। महामन्त्रीद्वय थापा र शर्मा सरकारसँग सन्तुष्ट छैनन् । हिजो साँझ गृहमन्त्री रमेश लेखकले दुई महामन्त्रीसँग होटेल ‘डिनर मिटिङ’ गरेका थिए ।



nationalnews7 nationalnews7   
  • August 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP