Dark Mode

      Subscribe

जीवन बीमा व्यवसायमा १६ र निर्जीवनमा ६.७७ प्रतिशत वृद्धि

1.1K
SHARES
जीवन बीमा व्यवसायमा १६ र निर्जीवनमा ६.७७ प्रतिशत वृद्धि

काठमाडौं, भदौ २३ । देशभर सञ्चालनमा रहेका बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय प्रगति गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार जीवन बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको तुलनामा १६.०५ प्रतिशतले वृद्धि भएको छ भने निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ६.७७ प्रतिशतले बढेको छ।

जीवन बीमा व्यवसाय करिब दुई खर्बमा
२०७९/८० मा १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका जीवन बीमा कम्पनीहरुले २०८२/८३ मा कुल १ खर्ब ८१ अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। व्यवसाय वृद्धिमा नेपाल लाइफ र नेशनल लाइफ सबैभन्दा अगाडि छन् भने सन नेपाल लाइफ वृद्धि प्रतिशतको हिसाबले अग्रस्थानमा देखिएको छ।

नेपाल लाइफले ४८ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दै १७.५९ प्रतिशतको वृद्धिदर देखाएको छ। त्यस्तै, नेशनल लाइफले २२ अर्ब ४२ करोड रुपैयाँको बीमा शुल्क आर्जन गर्दै १६.७७ प्रतिशतले व्यवसाय बढाएको छ।

सन नेपाल लाइफ इन्स्योरेन्सकाे व्यवसायमामा सबैभन्दा उच्च वृद्धि दर

सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा व्यवसायमा सबैभन्दा उच्च वृद्धि दर देखाउँदै २८.८० प्रतिशतको वृद्धिदरसहित ५ अर्ब रुपैयाँको व्यवसाय गर्न सफल भयो। त्यसपछि एशियन लाइफ (२७.२३%) र रिलायबल नेपाल लाइफ (२५.५५%) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

एलआइसी नेपालले १०.०४ प्रतिशत वृद्धिसहित १९ अर्ब ९२ करोड रुपैयाँको व्यवसाय गरेको छ। हिमालयन लाइफले ६.३४ प्रतिशत, सूर्यज्योति लाइफले १७.७५ प्रतिशत, एशियन लाइफले १० अर्ब २४ करोड रुपैयाँ आर्जन गर्दै उल्लेख्य वृद्धि गरेका छन्।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड रुपैयाँ, सिटिजन लाइफले ७ अर्ब ५१ करोड, सानिमा रिलायन्सले ७ अर्ब, मेट लाइफले ६ अर्ब २५ करोड, आइएमई लाइफले ५ अर्ब ६५ करोड, प्रभु महालक्ष्मीले ५ अर्ब ३७ करोड, रिलायबल नेपालले ५ अर्ब २८ करोड, र सन नेपाल लाइफले ५ अर्ब रुपैयाँ आर्जन गरेका छन्।

निर्जीवन बीमा व्यवसायमा पनि विस्तार

२०७९/८० मा ४१ अर्ब १७ करोड रुपैयाँको कारोबार गरेका १४ निर्जीवन बीमा कम्पनीहरुले गत वर्ष ४३ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दै ६.७७ प्रतिशतको वृद्धि गरेका छन्।

शिखर इन्स्योरेन्स ५ अर्ब ७९ करोड रुपैयाँ आर्जन गर्दै अग्रस्थानमा रह्यो, जसको व्यवसाय ५.९२ प्रतिशतले बढेको हो। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब रुपैयाँको व्यवसाय गर्दै दोस्रो स्थान पायो भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ४ अर्ब ३१ करोडसहित तेस्रो स्थानमा रह्यो।

हिमालयन एभरेष्टको व्यवसाय १० प्रतिशत, आइजिआई प्रुडेन्सियलको ५.८९ प्रतिशत, नेको इन्स्योरेन्सको ४.४८ प्रतिशत, एनएलजि इन्स्योरेन्सको २० प्रतिशत, युनाइटेड अजोडको २ प्रतिशत, दि ओरियन्टलको २५ प्रतिशत र सानिमा जिआईसिको ३ प्रतिशतले वृद्धि भएको छ।

नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३७ करोड, र नेशनल इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँको बीमा कारोबार गरेका छन्।

 



nationalnews7 nationalnews7   
  • August 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP