Dark Mode

      Subscribe

सोमबार आठ अंकले गिरावट आयो नेप्सेमा, कति रुपैयाँको सेयर किनबेच ?

468
SHARES
सोमबार आठ अंकले गिरावट आयो नेप्सेमा, कति रुपैयाँको सेयर किनबेच ?

काठमाडौं । नेप्सेमा गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से आठ दशमलव १६ अंकले घटेर २६ सय ६२ दशमलव ९१ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य छ अंकले घटेर चार सय ५५ दशमलव ६६ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय ३५ वटा कम्पनीहरुको ८० हजार पाँच सय ५९ पटकको कारोबारमा एक करोड ९६ लाख १६ हजार तीन सय ९५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ९४ करोड २७ लाख ६० हजार दुई सय २० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीनवटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये फाईनान्स समूहको सूचक १३ दशमलव ७९ अंकले बढेर २४ सय ७० दशमलव ५७ अंकमा चढेकोमा होटेल तथा पर्यटन र उत्पादनमुलक समूहको सूचक पनि क्रमशः ३१ दशमलव ६३ र ४४ दशमलव ८३ अंकले बढेका छन् ।

यि बाहेक बाँणिज्य बैंक समूहको सूचक भने एक दशमलव ७५ अंकले घटेर १३ सय ६२ दशमलव ९६ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि २६ दशमलव ६६ अंकले घटेर पाँच हजार छ सय ७० दशमलव १० अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ३६ दशमलव ७३ अंकले घटेर तीन हजार पाँच सय ५६ दशमलव ३२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ७० दशमलव ४१ अंकले घटेर १२ हजार छ सय ८८ दशमलव ७२ अंकमा झरेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि ५७ दशमलव ५५ अंकले घटेर १० हजार नौं सय ३२ दशमलव २३ अंकमा झरेकोमा लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ६४, ११ दशमलव ४२, शुन्य दशमलव शून्य चार, एक दशमलव ७३ र २५ दशमलव ५७ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा खानीखोला हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिडी पावर कम्पनी लिमिटेड परेको छ ।



nationalnews7 nationalnews7   
  • February 16, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP