Dark Mode

      Subscribe

ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशत गिरावट

78
SHARES
ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशत गिरावट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । इरानसँग कूटनीतिक वार्ता जारी रहेको उल्लेख गर्दै उनले पाँच दिनसम्म कुनै पनि सैन्य आक्रमण नगर्ने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल ‘ट्रुथसोसल’मा उनले अमेरिका र इरानबीच मध्यपूर्वका तनाव समाधानका लागि सकारात्मक र फलदायी संवाद भइरहेको बताएका छन् । वार्ता अझै केही दिन जारी रहने संकेत दिँदै उनले इरानी ऊर्जा पूर्वाधारमाथि हुने सम्भावित आक्रमण अस्थायी रूपमा रोक्न निर्देशन दिएको स्पष्ट पारे ।

उनको यही भनाइपछि विश्व बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब १३ प्रतिशतले घट्दै प्रतिब्यारल ९६ डलरमा झरेको छ ।



nationalnews7 nationalnews7   
  • March 23, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP