Dark Mode

      Subscribe

विप्रेषण विनियमावली, २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन

156
SHARES
विप्रेषण विनियमावली, २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्दैशन दिएको छ । राष्ट्र बैंकले बुधबार नेपाल राष्ट्र बैंकको सबै प्रादेशिक कार्यालयहरु, बिप्रेषण कारोबार गर्न अनुमती प्राप्त सबै बैंक तथा वित्तीय संस्था एवं सोही कार्यसंग सम्वन्धी सबै संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को व्यवस्थाबमोजिम विप्रेषण कारोबारका लागि इजाजतपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था, विप्रेषण कारोबार गर्न इजाजतपत्र लिएका संस्थाहरूको काम तथा कर्तव्य सम्बन्धी व्यवस्था, इजाजतपत्रको नवीकरण, निलम्बन तथा खारेजी सम्बन्धी व्यवस्था, कसूर, दण्ड सजाय र कारबाही सम्बन्धी व्यवस्था र इजाजतप्रत्रप्राप्त विप्रेषण कम्पनीहरू एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति गर्ने सम्बन्धी व्यवस्था लगायत विप्रेषण कारोबार सम्बन्धी कार्यलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उप–दफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले यो व्यवस्था कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकको भनाई छ ।

यो व्यवस्था अनुसार विपे्रषणको कारोबार गर्नको अनुमती प्राप्त गर्नै कम्पनीको सञ्चालकहरु १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, मानसिक सन्तुलन ठीक भएको, ऋण तिर्न नसकी साहूको दामासाहीमा नपरेको, बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूचीमा परेको भए त्यस्तो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा भएको, प्रचलित कानून बमोजिम कर तिर्नु पर्ने दायित्व भएमा त्यस्तो कर चुक्ता गरेको, नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएको भए त्यस्तो सजाय भुक्तान भएको मितिले पाँच वर्ष पुगेको, भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको भए त्यस्तो सजाय भुक्तान भएको मितिले पाँच वर्ष पुगेको, कुनै सरकारी, सार्वजनिक वा बैंक तथा वित्तीय संस्थाको सेवाको पदमा बहाल नरहेको हुनुपर्ने छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थासँगको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको कुरा प्रमाणित नभएको, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा सजाय नपाएकाे प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको (प्रमाण पेश गर्नु पर्ने) छ ।

यसैगरी बिप्रेषण कारोबारको लागि निवेदन दिने कम्पनीले विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न न्यूनतम २५ करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नु पर्नेछ । भने अन्यको हकमा न्यूनतम १० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नु पर्नेछ । यसैगरी राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले विपे्रषणको कारोबार गर्न यस विनियमावली बमोजिम विभागबाट इजाजतपत्र लिनु पर्नेछ ।



nationalnews7 nationalnews7   
  • April 1, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP