Dark Mode

      Subscribe

स्वीस बैंकमा नेपालीको रकम भए-नभएकोबारे अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

104
SHARES
स्वीस बैंकमा नेपालीको रकम भए-नभएकोबारे अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले नेपालीहरूले अवैध रूपमा कमाएको रकम स्वीस बैंकमा राखिएको हुन सक्ने विषयमा छानबिन गर्न सहयोग गरिदिन नेपालस्थित डेनियल मैवलीसँग आग्रह गरेका छन्।

बुधबार बालेन शाहसँगको कूटनीतिक छलफलपछि मन्त्री गुरूङले राजदूत मैवलीसँग भेट गर्दै उक्त विषय उठाएको उनको सचिवालयले जनाएको छ। नेपालीहरूले गैरकानुनी रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा राखिएको भन्ने चर्चा राजनीतिक क्षेत्रमा बेला–बेलामा हुने गरेको भए पनि यसबारे ठोस प्रमाण भने सार्वजनिक भएको छैन।

मन्त्री गुरूङले यदि त्यस्तो रकम स्वीस बैंकमा रहेको पुष्टि भएमा त्यसलाई फिर्ता ल्याउन आवश्यक सहयोग गरिदिन आग्रह गरेका हुन्।



nationalnews7 nationalnews7   
  • April 8, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP