Dark Mode

      Subscribe

शेयर बजार १६ अंकले बढ्याे, साढे ४ अर्ब रुपैयाँकाे काराेबार

78
SHARES
शेयर बजार १६ अंकले बढ्याे, साढे ४ अर्ब रुपैयाँकाे काराेबार

काठमाडाैं । हिजो घटेको शेयर बजार शुक्रबार बढेको छ । हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से १६ दशमलव ३८ अङ्कले बढेर २ हजार ७५८ दशमलव ४९ विन्दुमा पुगेको छ ।

आज शुक्रबार व्यापार बाहेक सबै समूहको सूचक बढेकोमा जलविद्युत् समूहको सूचक १ दशमलव २९ प्रतिशतले उकालो लागेको छ । आज २०३ वटा कम्पनीको शेयर बढ्दा ५७ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

शुक्रबार क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४ दशमलव ८१ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनआईसी एशिया ब्यालेन्स फन्डको शेयर २ दशमलव ५९ प्रतिशतले घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३३६ वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर ४ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएको छ ।



nationalnews7 nationalnews7   
  • May 22, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP