Dark Mode

      Subscribe

सिंहदरबारको नयाँ संसद् भवनबाट बजेट भाषण गर्ने तयारी तीव्र

52
SHARES
सिंहदरबारको नयाँ संसद् भवनबाट बजेट भाषण गर्ने तयारी तीव्र

काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सिंहदरबारमा निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद् भवनबाट गर्ने अन्तिम तयारी तीव्र पारेको छ । बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौं भाडा तिरेर चल्दै आएको संसद् बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्किने भएको छ ।

गएको वर्षको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बानेश्वरको संसद भवन जलेको थियो । मुख्य सभाहल, गजुर ढाँचाको विशाल फलामे गुम्बज र सांसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भूकम्प र हावाहुरी प्रतिरोधी डबल–डेकर फलामे ट्रसको गोलाकार गुम्बजले मुख्य प्रतिनिधि सभा हलको छाना ढाकेको छ । जसले दिउँसोको प्राकृतिक उज्यालो भित्र्याउँदै ऊर्जा बचतमा समेत सहयोग गर्ने प्राविधिकहरूको भनाइ छ ।

 



nationalnews7 nationalnews7   
  • May 23, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP