Dark Mode

      Subscribe

जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप

13
SHARES
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप

काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु ९एच५एन१० सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई गोप्य राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन सुरु गरिएको छ।

कोषका अध्यक्ष तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनपछि साहलाई चिडियाखाना प्रमुखको जिम्मेवारीबाट हटाइएको छ। साथै, चिडियाखानामा फैलिएको बर्ड फ्लु र विभिन्न जीवजन्तुको मृत्युको कारणबारे अनुसन्धान गर्न कोषले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा गठन गरिएको समितिमा प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभाग प्रमुख डा। मधु क्षेत्री सदस्य रहेका छन्। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

वन्यजन्तुको सुरक्षाका विषयमा संवेदनशीलता नदेखाएको तथा सूचना प्रवाहमा लापरबाही गरेको भन्दै साहलाई केन्द्रीय कार्यालयमा तानिएको कोषले जनाएको छ। चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको मन्त्रालयले जानकारी दिएको छ।

पशु सेवा विभागले गरेको नमुना परीक्षणबाट चिडियाखानाका विभिन्न जीवजन्तुमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको थियो। चिडियाखानामा करिब १० दिनअघिदेखि पन्छी तथा जनावर मर्न थालेका भए पनि त्यसबारे केन्द्रीय कार्यालयलाई जानकारी नगराइएको पाइएको छ। परीक्षणका क्रममा बकुल्ला, लाटोकोसेरो, गिद्ध लगायतका चराचुरुङ्गी तथा नीरबिरालो र चरीबाघजस्ता जनावरमा समेत बर्ड फ्लु सङ्क्रमण देखिएको बताइएको छ।

 



nationalnews7 nationalnews7   
  • June 21, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP