Dark Mode

      Subscribe

‘अख्तियारका पदाधिकारीलाई ५ घण्टा मात्रै होइन आवश्यक परे ५ वर्ष राखिन्छ’

13
SHARES
‘अख्तियारका पदाधिकारीलाई ५ घण्टा मात्रै होइन आवश्यक परे ५ वर्ष  राखिन्छ’

काठमाडौं । अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको उक्त विषयलाई स्वीकार गरेका हुन् ।

विगतमा भएका फट्याइँ खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने उनको भनाइ थियो । निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं,’ प्रधानमन्त्री बालेनले सम्बोधनका क्रममा उल्लेख गरे ।

आफ्नो पार्टी विकासवादी पार्टी भएको प्रधानमन्त्री शाहले जिकिर गरे। प्रधानमन्त्री शाहले सरकारी सम्पतिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्ने चेतावनी पनि दिए ।

 



nationalnews7 nationalnews7   
  • June 21, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP