Dark Mode

      Subscribe

सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

52
SHARES
सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेर बन्द भएको हो ।

आजको कारोबार दिनमा बजारमा कुल ३३८ वटा कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा ६४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०० वटा कम्पनीको मूल्य घटेको छ । बाँकी १० वटा कम्पनीको मूल्य भने स्थिर रह्यो । बजार बन्द हुँदा कुल बजार पूँजीकरण ४५ खर्ब ५२ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ कायम भएको छ ।



nationalnews7 nationalnews7   
  • June 24, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP