Dark Mode

      Subscribe

बीमा सर्भेयरलाई १० दिनभित्र केवाईसी अद्यावधिक गर्न प्राधिकरणको निर्देशन

156
SHARES
बीमा सर्भेयरलाई १० दिनभित्र केवाईसी अद्यावधिक गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त सबै बीमा सर्भेयरलाई १० दिनभित्र आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गरी इजाजतपत्रको पोर्टफोलियो कायम गर्न निर्देशन दिएको छ।

प्राधिकरणले बुधबार सूचना जारी गर्दै बिमा ऐन, २०७९ र बिमा सर्भेयर निर्देशन, २०८३ अनुसार उक्त व्यवस्था अनिवार्य रूपमा कार्यान्वयनमा ल्याएको जनाएको हो।

सूचनाअनुसार सबै बीमा सर्भेयरले आईआरएमआईएस प्रणालीमा लगइन गरी स्पष्ट देखिने आवश्यक कागजातसहित आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्नेछ। साथै, व्यक्तिगत इजाजतपत्र प्राप्त सर्भेयरहरूले पोर्टफोलियो खुलाएर इजाजतपत्र कायम गर्न प्राधिकरणमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, संस्थागत इजाजतपत्र प्राप्त बिमा सर्भेयरहरूले बिमा नियमावली, २०८१ अनुसार वर्गविहीन इजाजतपत्र कायम गर्न आवश्यक निवेदन पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले तोकिएको १० दिनभित्र सबै प्रक्रिया अनिवार्य रूपमा पूरा गर्न सम्बन्धित बिमा सर्भेयरहरूलाई आग्रह गर्दै समयसीमा उल्लङ्घन नगर्न सचेत गराएको छ।



nationalnews7 nationalnews7   
  • July 1, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP