Dark Mode

      Subscribe

खाना, आश्रय र पुनर्निर्माणका लागि नेपाल आउँदैछौं: बलिउड अभिनेता सोनु सुद

26
SHARES
खाना, आश्रय र पुनर्निर्माणका लागि नेपाल आउँदैछौं: बलिउड अभिनेता सोनु सुद

काठमाडौं । चीनको तिब्बततर्फबाट बुधबार रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएपछि बलिउड अभिनेता सोनु सुदले दुःख व्यक्त गरेका छन्।

सुदले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै आफू सहयोगका लागि साथमा रहेको बताएका छन्। उनले बाढीपीडितका लागि खाना, आश्रय तथा पुनर्निर्माणमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल तिमी एक्लो छैनौ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक साथ र सहयोग लिएर आउँदै छौँ।’ सुदको उक्त अभिव्यक्तिप्रति कलाकार तथा सर्वसाधारणले धन्यवाद व्यक्त गरेका छन्।

भारतमा विपद् तथा संकटका बेला सहयोग गर्ने कलाकारका रूपमा परिचित सुदले यसअघि पनि नेपाली नागरिकलाई सहयोग गरेका थिए। सन् २०२० मा कोरोना महामारीका कारण भारतमा लकडाउन भएपछि उनले स्वदेश फर्किन चाहने नेपाली मजदुरका लागि आफ्नै खर्चमा बस, रेल तथा विमानको व्यवस्था गरेका थिए। त्यसका साथै उनले मजदुरहरूलाई खाना र अन्य आवश्यक सामग्रीसमेत उपलब्ध गराएका थिए। रसुवामा आएको बाढीबाट प्रभावित नागरिकका लागि सुदले सहयोगको घोषणा गरेपछि उनको मानवीय पहलको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।



nationalnews7 nationalnews7   
  • August 27, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP