Dark Mode

      Subscribe

झ्याप्ले खोला पहिरोमा हालसम्म २९ जनाको शव फेला

2.4K
SHARES
झ्याप्ले खोला पहिरोमा हालसम्म २९ जनाको शव फेला

काठमाडौं ।  त्रिभुवन राजपथको नौबीसे-नागढुंगा सडक खण्डअन्तर्गत पर्ने झ्याप्ले खोलामा मात्रै २९ जनाको शव फेला परेको छ । माथिबाट आएको पहिरोले तीनवटा सवारीसाधन पुरिएको अवस्थामा भेटिएका छन् ।

 

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार झ्याप्ले खोलामा दुईवटा हायस माइक्रोबस र एउटा बस पुरिएको अवस्थामा भेटिएका हुन् ।

 

डीएसपी थापाका अनुसार आइतबार बिहान मात्रै ८ जना पुरुष र २ जना महिला गरी १० जनाको शव पुरिएको स्थानबाट निकालिएको छ ।

 

शनिबार बिहानै बुटवलबाट काठमाडौंतर्फ आइरहेको विङ्गर हायस पुरिएको थियो ।



nationalnews7 nationalnews7   
  • September 29, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP