Dark Mode

      Subscribe

३.१४ अंकले बढ्याे नेप्से, आठ अर्ब ६२ करोडकाे कारोबार

1.1K
SHARES
३.१४ अंकले बढ्याे नेप्से, आठ अर्ब ६२ करोडकाे कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ३.१४ अंकले बढेर २ हजार ७४३.७४ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने १.९० अंकले घटेर चार सय ५ हजार ७९८ अंकमा खुम्चिएको छ ।

३०९ वटा कम्पनीको ८६ हजार दुई सय २३ पटकको कारोबारमा एक करोड ५६ लाख ३७ हजार छ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब ६२ करोड ७६ लाख ८७ हजार पाँच सय ९९ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये चार वटा समूहको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छन् । आज जीवन बीमा समुहको सुचक तीन सय २५ दशमलव ३८ अंकले बढेर १३ हजार ७४२ दशमलव २७ अंकमा पुगेकोमा निर्जीवन बीमा, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।

वाणिज्य बैंक समुहको सुचक भने सात दशमलव ७१ अंकले घटेर १३ सय ८३ दशमलव २६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २८ दशमलव ६० अंकले घटेर तीन हजार सात सय ७८ दशमलव ५९ अंकमा पुगेको छ ।

यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।



nationalnews7 nationalnews7   
  • February 20, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP