Dark Mode

      Subscribe

४१ अंकले बढ्दा पाँच अर्ब २२ करोडको शेयर किनबेच

754
SHARES
४१ अंकले बढ्दा पाँच अर्ब २२ करोडको शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन ३९ अंकले बढेको नेप्से आज ४१.४३ अंकले बढेर २ हजार ६६३.३० अंकमा पुगेको छ । यसैगरी ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ५.६० अंकले बढेर ४४६.२९ अंकमा पुगेको छ । नेप्सेमा आज ३०९ वटा कम्पनीको ५५ हजार ४४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार १९६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार ३०४० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव ३३ अंकले बढेर १३ सय ५७ दशमलव ४२ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ६४ दशमलव ४४ अंकले बढेर पाँच हजार पाँच सय चार दशमलव ८८ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ३६ दशमलव ५७ अंकले बढेर २५ सय ५८ दशमलव शुन्य दुई अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४१ दशमलव ७२ अंकले बढेर तीन हजार चार सय ७४ दशमलव ३० अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि दुई सय ३७ दशमलव २२ अंकले बढेर १३ हजार ४५८ दशमलव ८८ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव ७४ अंकले बढेर १२ हजार दुई सय ६५ दशमलव ५९ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमश ४१ दशमलव ८८, दुई दशमलव २६, ७२ दशमलव २२, एक सय ९.२२, शुन्य दशमलव शुन्य सात, ३९ दशमलव ९२ र दुई सय चार दशमनलव ८९ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहि



nationalnews7 nationalnews7   
  • March 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP