Dark Mode

      Subscribe

झण्डै १० अंकले बढ्दा चार अर्ब ४८ करोडको शेयर किनबेच

884
SHARES
झण्डै १० अंकले बढ्दा चार अर्ब ४८ करोडको शेयर किनबेच

काठमाडौं । शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने ९.६६ अंकले बढेर २ हजार ६७६.२८ अंकमा चढेको छ ।

यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४४ अंकले बढेर चार सय ४६.२२ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १७ वटा कम्पनीको ४५ हजार ९४ पटकको कारोबारमा एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४८ करोड ४६ लाख लाख १९ हजार सात सय ४० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा दुई वटा समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ०.५२ अंकले घटेर १ हजार ३५९.३१ अंकमा झरेकोमा व्यापार समूहको सूचक पनि १९ दशमलव ११ अंकले घटेको छ । यि बाहेक बिकास बैंक समूहको सूचक २२.८९ अंकले बढेर पाँच हजार चार सय ५३ दशमलव १३ अंकमा चढेको छ ।

फाईनान्स समूहको सूचक पनि ११.३१ अंकले बढेर २ हजार ५६३.४९ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि ६.६९ अंकले बढेर तीन हजार ४४६.१७ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक पनि ४०.३१ अंकले बढेर १३ हजार ३२५.९१ अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक पनि १०१.६३ अंकले बढेर १२ हजार ३०९.८१ अंकमा चढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा भने पहिलो स्थानमा नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सिन्धु विकास बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।



nationalnews7 nationalnews7   
  • April 9, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP