Dark Mode

      Subscribe

१७.४४ अंकले बढ्दा ८ अर्ब ५८ करोडको शेयर किनबेच

481
SHARES
१७.४४ अंकले बढ्दा ८ अर्ब ५८ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पुन १७.४४ अंकले उकालो लागेर २ हजार ६९३.६ अंकमा पुगेको छ । क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ४२३ अंकले उक्लिएर ४६१.२० अंकमा पुगेको छ ।

नेप्सेमा आज ३२३ वटा कम्पनीको ७७ हजार ३१६ पटकको कारोबारमा दुई करोड सात लाख ५९ हजार ५४७ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ५८ करोड ६० लाख चार हजार ३३४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा चार वटा समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेको छ । याे मध्ये वाणिज्य बैंक समूहको सूचक २६.२७ अंकले बढेर १ हजार ४२०.२४ अंकमा पुगेकोमा विकास बैंक समूहको सूचक ७१.२८ अंकले बढेर ५ हजार ५६९.९५ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ४.४३ अंकले बढेर २३ सय ९७.१६ अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक ३०.७३ अंकले बढेर ३ हजार ४७१.६ अंकमा पुगेको छ ।



nationalnews7 nationalnews7   
  • May 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP