Dark Mode

      Subscribe

विपद् कोषमा ४ अर्ब ६५ करोड बढी मौज्दात

650
SHARES
विपद् कोषमा ४ अर्ब ६५ करोड बढी मौज्दात

काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा चार अर्ब ६५ करोड २४ लाख रूपैयाँ मौज्दात रहेको जानकारी दिएको छ ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८९ करोड २९ लाख रूपैयाँ, केन्द्रीय विपद् व्यवस्थापन कोषमा एक अर्ब २७ करोड ४७ लाख रूपैयाँ, प्रदेश विपद् व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख रूपैयाँ मौज्दात रहेको छ ।

कोशीमा छ करोड ९० लाख रूपैयाँ, मधेसमा ११ करोड ७८ लाख रूपैयाँ, बागमतीमा सात करोड ५८ लाख रूपैयाँ, गण्डकीमा २५ करोड रूपैयाँ, लुम्बिनीमा छ करोड ५० लाख रूपैयाँ, कर्णालीमा नौ करोड ५२ लाख रूपैयाँ र सुदुरपश्चिम प्रदेशमा ११ करोड ८९ लाख रूपैयाँ मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बाँस्तोलाले ७७ वटै जिल्लाका कोषमा ६९ करोड पाँच लाख रूपैयाँ मौज्दात रहेको जानकारी दिए । प्राधिकरणले यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकर्याका लागि आवश्यक तयारी तीव्र गरिएको र विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकेको उनले बताए ।

कोषमा मौज्दात रहेको रकम आपतकालीन अवस्थामा आवश्यकता अनुसार तत्काल परिचालन हुने उनले बताए ।



nationalnews7 nationalnews7   
  • June 4, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP