Dark Mode

      Subscribe

सातामा २९ अर्ब चार करोडको शेयर काराेबार

1.5K
SHARES
सातामा २९ अर्ब चार करोडको शेयर काराेबार

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २६ सय ४०.९६ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५१.३३ बिन्दुमा कायम भएको छ ।

यो साता ३३५ वटा कम्पनीको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ९५ हजार ६२४ पटकको कारोबारमा छ करोड ८४ लाख ६१ हजार ६१२ कित्ता शेयर खरिद-बिक्री हुदा कुल कारोबार रकम २९ अर्ब चार करोड एक लाख पाँच हजार ४४३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैयाँले कम हो ।
गत साता ३३७ वटा कम्पनीहरुको सेयर कारोबार भएका् थिए ।

जसअनुुसार दुई लाख ७७ २१० पटकको कारोबारमा सात करोड सात लाख २५ हजार ३३७ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ३० अर्ब ३० करोड ८४ लाख आठ हजार ७१८ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुलेको थियो । जसमध्ये पहिलो दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो भने दोस्रो दिन बढेको थियो । यि बाहेकका बाँकी दिनहरुमा भने नेप्से लगातार घटेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक १.६० अंकले उकालो लागेर २ हजार ६९४.६६ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.२१ अंकले ओरालो लागेर ४६०.९८ बिन्दुमा झरेको थियो ।

तेस्रो कारोबार दिन मंगलबार भने नेप्से परिसुचक ०३५.७३ अंकले ओरालो लागेर २ हजार ६५८.९३ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७.६ अंकले ओरालो लागेर ४५३.९२ बिन्दुमा झरेको थियो । चौंथो कारोबार दिन पनि नेप्से परिसुचक ११.९७ अंकले ओरालो लागेर २ हजार ६४६.९५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.५९ अंकले ओरालो लागेर ४४१ दशमलव ३२ बिन्दुमा झरेको थियो ।

पाँचौं कारोबार दिन पनि नेप्से परिसुचक ५.९९ अंकले ओरालो लागेर २ हजार ६४०.९६ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ४५१.३३ बिन्दुमा स्थिर रहेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा राधी जलबिद्युत कम्पनी, ङादी ग्रुप पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा ङादी ग्रुप पावर लिमिटेड, बाराही हाईड्रोपावर कम्पनी लिमिटेड अगाडि देखिएका छन् ।

बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।



nationalnews7 nationalnews7   
  • June 6, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP