Dark Mode

      Subscribe

सातामा ३० अर्ब ७५ करोडको शेयर किनबेच

767
SHARES
सातामा ३० अर्ब ७५ करोडको शेयर किनबेच

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २ हजार ७८८ दशमलव ३६ बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४७८ दशमलव ८२ बिन्दुुमा कायम भएको छ ।

यो साता ३२४ वटा कम्पनीको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख २३ हजार ३९२ पटकको कारोबारमा सात करोड ७८ लाख ७० हजार ४८३ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ३० अर्ब ७५ करोड ५१ लाख ९८ हजार २५५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १९ अर्ब रुपैयाँले कम हो ।

गत साता तीन सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार छ लाख २२ हजार ७६९ पटकको कारोबारमा १२ करोड ८६ लाख ९८ हजार ४८४ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ४९ अर्ब ४० करोड सात लाख १२ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुलेको थियो । जसमध्ये दोस्रो, तेस्रो र चौंथो दिन ओरालो लागेको नेप्से परिसुचक पाँचौं दिन भने उकालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक २७ दशमलव ९० अंकले ओरालो लागेर २ हजार ८२२ दशमलव ४५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७४ अंकले ओरालो लागेर ४८५ दशमलव ४१ बिन्दुमा झरेको थियो ।

तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक २६ दशमलव २२ अंकले ओरालो लागेर दुई हजार ७९६ दशमलव २४ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव तीन अंकले ओरालो लागेर ४८१ दशमलव ३८ बिन्दुमा झरेको थियो ।

चौंथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक १० दशमलव दशमलव ५० अंकले ओरालो लागेर २ हजार ७८५ दशमलव ७४ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ६१ अंकले ओरालो लागेर ४७९ दशमलव ७६ बिन्दुमा झरेको थियो ।

पाँचौं कारोबार दिन बिहीबार भने नेप्से परिसुचक दुई दशमलव ६२ अंकले उकालो लागेर २ हजार ७८८ दशमलव ३६ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ९३ अंकले ओरालो लागेर चार सय ७८ दशमलव ८२ बिन्दुमा झरेको थियो ।



nationalnews7 nationalnews7   
  • August 15, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP