Dark Mode

      Subscribe

सय खर्बको निक्षेप उपकरणका लागि दोब्बर आवेदन

1K
SHARES
सय खर्बको निक्षेप उपकरणका लागि दोब्बर आवेदन

काठमाडौँ । राष्ट्र बैंकले सय अर्बका लागि जारी गरेको निक्षेप उपकरणमा दोब्बर माग परेको छ ।

 

बुधबार राष्ट्र बैंकले खुला बजार हस्तक्षेप अन्तर्गत गरेको बोलबकोलमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७ अर्ब रुपैयाँ बराबरको आवेदन दिएका हुन् । २५ वित्तीय संस्थाले ६६ बोलपत्र मार्फत् यो बराबरको निक्षेप राख्न आवेदन दिएको राष्ट्र बैंकले जनाएको छ ।

 

बुधबार संकलित निक्षेपका लागि २.९५ प्रतिशतसम्म ब्याजदर बोलकबोल गर्ने बैंकले निक्षेप उपकरण खरिद गर्न पाएका छन् । न्यूनतम २.७२२५ प्रतिशतसम्म ब्याजदर कबोल गरेका थिए । औसतमा भने २.८६७१ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

 

यसअघि एकसय अर्बको बोलकबोल गर्दा जम्मा ३२ अर्ब रुपैयाँका लागि मात्रै आवेदन परेको थियो । त्योबेला बैंक स्थायी निक्षेप सुविधा लिनतिर लाग्दा आह्वान गरिएकोभन्दा कम आवेदन परेको थियो ।



nationalnews7 nationalnews7   
  • November 7, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP