Dark Mode

      Subscribe

पाँच अंकले घट्दा पाँच अर्ब ६३ करोडको शेयर किनबेच

1K
SHARES
पाँच अंकले घट्दा पाँच अर्ब ६३ करोडको शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेको छ । अघिल्लो दिन ९.६६ अंकले बढेको नेप्से आज ५.५७ अंकले घटेर २ हजार ६७०.७० अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ०.१९ अंकले घटेर ४४६.३ अंकमा झरेको छ ।

नेप्सेमा आज ३२१ वटा कम्पनीको ४९ हजार ६३२ पटकको कारोबारमा एक करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा चार वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । याे मध्ये जलबिद्युत समूहको सूचक ३.२७ अंकले बढेर तीन हजार ४४५.६८ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि १.९५ अंकले बढेर पाँच हजार ४४८.४० अंकमा चढेको छ ।

लघुवित्त समुहको सुचक पनि ११.१५ अंकले बढेर चार हजार आठ सय १४.३३ अंकमा चढेकोमा सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दशमलव शुन्य तीन अंकले बढेको छ । वाणिज्य बैंक समुहको सुचक भने शुन्य.३० अंकले घटेर १३ सय ५९ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि १४.२८ अंकले घटेर २५ सय ४६.६५ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि ३४ दशमलव ६० अंकले घटेर १३ हजार ८०.६२ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ६४ अंकले घटेर १२ हजार दुई सय ८२.८८ अंकमा झरेको छ ।



nationalnews7 nationalnews7   
  • April 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP