Dark Mode

      Subscribe

पूर्वान्चल विश्वविद्यालयको GPCAR र PUCEF का स्नातक कार्यक्रमका लागि प्रवेश परीक्षा तालिका सार्वजनिक

936
SHARES
पूर्वान्चल विश्वविद्यालयको GPCAR र PUCEF का स्नातक कार्यक्रमका लागि प्रवेश परीक्षा तालिका सार्वजनिक

मोरङको सुन्दरहरैचा गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय अन्तर्गत जि.पि. कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर (GPCAR) र कलेज अफ इन्भाइरोमेन्ट एण्ड फरेष्ट्री (PUCEF) ले शैक्षिक सत्र २०८२ (२०२५) का लागि स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि प्रवेश परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ।

विश्वविद्यालयले जारी गरेको सूचनामा B.Sc. (Honors) in Agriculture, B.Sc. in Food, Nutrition & Dietetics तथा B.Sc. in Forestry तर्फ पूर्ण शुल्कमा भर्ना हुने विद्यार्थीहरूका लागि अनलाइन मार्फत आवेदन फाराम आह्वान गरिएको छ। इच्छुक विद्यार्थीहरूले विश्वविद्यालयले तोकेको न्युनतम शैक्षिक योग्यता पूरा गरी तोकिएको शुल्क सहित अनलाइन फाराम भर्न सक्नेछन्।

आवेदन फाराम भर्दा शैक्षिक योग्यताका प्रमाणपत्रहरू र पासपोर्ट साइजको फोटोको Scan Copy अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। सिंगल दस्तुरमा आवेदन दिन सकिने अन्तिम मिति २०८२ असोज २ गते र दोब्बर दस्तुरमा आवेदन दिन सकिने अन्तिम मिति २०८२ असोज ४ गते तोकिएको छ।

यसैगरी प्रवेश परीक्षा २०८२ असोज ५ गते आइतबार बिहान ११ः०० बजेदेखि GPCAR, गोठगाउँ, मोरङमा हुने GPCAR र PUCEF का निर्देशक नवीन भट्टराईले बताएका छन्। उक्त शैक्षिक कार्यक्रमका लागि विद्यार्थी कोटा यस प्रकार रहेको छः B.Sc. Agriculture ९६ जना B.Sc. Food, Nutrition & Dietetics ३३ जना B.Sc. Forestry ४८ जना साथै, रित नपुगेका वा तोकिएको ढाँचाअनुसार नभएको आवेदन फाराम स्वीकृत नहुने स्पष्ट गरिएको छ। प्रवेश परीक्षा सम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइट https://pufost.edu.np तथा https://entrance.pufost.edu.np बाट प्राप्त गर्न सकिने जनाइएको छ।



nationalnews7 nationalnews7   
  • August 14, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP