Dark Mode

      Subscribe

विपद् व्यवस्थापनका लागि २६ हजार बढी सुरक्षाकर्मी तैनाथ, टोल फ्री नम्बर सञ्चालनमा : गृहमन्त्री

91
SHARES
विपद् व्यवस्थापनका लागि २६ हजार बढी सुरक्षाकर्मी तैनाथ, टोल फ्री नम्बर सञ्चालनमा : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापन र प्रतिकार्यका लागि सरकारले उच्च सतर्कताका साथ तयारी गरिरहेको जानकारी दिएका छन्।

बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले विपद्को समयमा तत्काल परिचालन हुने गरी देशभर २६ हजारभन्दा बढी सुरक्षाकर्मीलाई तैनाथ अवस्थामा राखिएको बताएका हुन्।

गृहमन्त्री गुरुङका अनुसार विपद्को समयमा नागरिकलाई सहज सेवा उपलब्ध गराउन नेपाल टेलिकमसँगको समन्वयमा ‘१२३४’ टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको छ।

जोखिमको अवस्थामा यो नम्बरमा फोन गरी सहयोग माग्न सकिने उनले बताए। विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिइएको जानकारी उनले दिए।



nationalnews7 nationalnews7   
  • August 6, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP