Dark Mode

      Subscribe

रोहित पौडेलको अलराउण्ड प्रदर्शन, ओमानविरुद्ध शानदार जित

897
SHARES
रोहित पौडेलको अलराउण्ड प्रदर्शन, ओमानविरुद्ध शानदार जित

क्यानडा । कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध ५६ रनको शानदार जित निकालेको छ। क्यानडामा भएको त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानमाथि नेपालले शानदार जित निकालेको हो। किङ सिटीमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १३ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १०१ रनमा सीमित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १५७ रन जोडेको थियो। नेपालका लागि कप्तान पौडेलले अविजित अर्धशतकीय इनिङ खेले। उनले ४४ बलमा ५६ रन जोडेका हुन्। यस क्रममा उनले २ चौका र ४ छक्का प्रहार गरे। कुशल मल्लले १९, देव खनालले १८, असिफ सेखले १४ तथा अनिल साहले ११ रन जोडे। ओमानका फयाज बटले ४ ओभरमा २३ रन खर्चिएर तीन विकेट लिए।

ओमानलाई सामान्य योगफलमा सीमित गर्ने क्रममा कुशल भुर्तेलले पुछारका ३ विकेट लिए। भुर्तेलले यस क्रममा ११ बलमा १० रन खर्चिए। रिजनले ढकालले सुरुवातका २ विकेट लिएको खेलमा मध्यक्रमका २ विकेट कप्तान पौडेलले लिए। सन्दीप लामिछानेले २ विकेट लिए।

दोस्रो ओभरको चौथो बलमा नै ढकालले काश्यप पूजापतिलाई २ रनमा आउट गरेपछि ओमानले पहिलो विकेट गुमाएको हो। उनैले ९ रन बनाएका सोहेब खानलाई पनि आउट गरेका थिए। अकिब इलियास र जेसन मसुदले तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरेको खेलमा लामिछानेले इलियासलाई २२ रनमा आउट गरेका थिए।

मसुदलाई भने पौडेलले आउट गरे। मसुदले ३ छक्का सहित ३० बलमा ३५ रन जोडेका थिए। १ ओभर मात्र बलिङ गरेका पौडेलले सुरुका ३ बलमा नै विकेट लिएका हुन्। उनले कुल ७ रन खर्चिए। यसपछि ओमानका प्रतीक अलवालेले १२ रन बनाउनु भन्दा बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्।



nationalnews7 nationalnews7   
  • October 3, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP