Dark Mode

      Subscribe

चाडपर्वका बेला पनि विदेशिने क्रम घटेन

676
SHARES
चाडपर्वका बेला पनि विदेशिने क्रम घटेन

काठमाडौँ ।  चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार ५२५ जना विदेशिएका छन् ।  असोजमा १७ हजार ७२४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार ४६८ जना साउदी, नौ हजार ७९८ जना कतारमा, तीन हजार ८०७ जना कुबेत र एक हजार ३१४ जना मलेसिया गएका छन् ।
यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत भदौमा ५७ हजार ४३ जना नेपाली रोजगारीका लागि विदेसिएका थिए ।



nationalnews7 nationalnews7   
  • October 19, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP