Dark Mode

      Subscribe

भारतले उसिनेको चामलको निर्यात कर हटायो

715
SHARES
भारतले उसिनेको चामलको निर्यात कर हटायो

नयाँ दिल्ली । भारतले आधा उसिनेको चामलमा लगाउँदै आएको निर्यात कर हटाएको छ । मंगलबार सरकारले यस्तो घोषणा गरेको छ । तत्कालै लागू हुने गरी कर हटेको सरकारी सूचनामा भनिएको छ ।

गएको महिना भने विदेशपार निर्यात बढाउन सरकारले आधा उसिनेको चामलको निर्यात कर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।

 

गएको महिना सरकारले गैर-बासमति सेतो चामलको निर्यात सुचारु गर्न पनि अनुमति दिएको थियो भने प्रति टन चामलको मूल्य ४९० डलर तोकेको थियो । अहिलेको सिजनमा मनग्गे धान फल्ने र धानको सञ्चिति थप बढ्ने अनुमानमा सरकारले कर हटाएको हो ।

 

घरेलु बजारमा मूल्य आकासिएको अनि पर्याप्त आपूर्ति सुनिश्चित गर्न भारतले सन् २०२३ यता नै चामल निर्यातमा अनेकौँ खालको प्रतिबन्ध लगाउँदै आएको थियो ।

 



nationalnews7 nationalnews7   
  • October 23, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP