Dark Mode

      Subscribe

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

624
SHARES
नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७औँ नर्सिङ नाम दर्ता ९लाइसेन्स० परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका हुन् ।

 

पीसीएल नर्सिङतर्फ ९८३ जनाले फारम भरेकोमा ९५५ जनाले मात्र परीक्षा दिएका थिए । यसमध्ये ३३१ जना (३४.६९ प्रतिशत) उत्तीर्ण भएका छन् । त्यस्तै बीएस्सी नर्सिङतर्फ २९८ जनाले फारम भरेकोमा २९४ जनाले परीक्षा दिएका थिए । जसमध्ये १६९ जना (५७.४८ प्रतिशत) उत्तीर्ण भएका छन् ।

 

उत्तीर्ण परीक्षार्थीलाई कात्तिक २५ गतेदेखि प्रमाणपत्र वितरण गर्ने परिषद्ले जनाएको छ । त्यसका लागि १ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ ।

 

पुनर्योगका लागि इच्छुक परीक्षार्थीले ३५ दिनभित्र आवेदन दिन सक्ने परिषद्ले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • October 28, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP