Dark Mode

      Subscribe

टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु,५० जना घाइते

1.1K
SHARES
टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु,५० जना घाइते

अंकरा । टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । आगलागीमा अरु ५० जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान साढे तीन बजे राजधानी अङ्काराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको बोलु शहरमा १२ तले ग्राण्ड कार्टेल नामको होटलमा आगलागी भएको बीबीसीले जनाएको छ । आगलागीको समयमा २ सय ३४ जना होटलमा रहेका खबरमा उल्लेख छ ।

टर्कीका स्थानीय सञ्चारमाध्यमअनुसार दुई जनाको झ्यालबाट हाम फालेर ज्यान गएको छ । बोलुको पहाडी भूभाग स्कीइङका लागि लोकप्रिय रहेकाले यो समयमा विद्यालय बिदा परेकाले इस्तानबुल र अङ्काराबाट धेरै मानिसहरू बिदा मनाउन त्यहाँ गएका थिए ।

आगलागीको घटनाबारे अनुसन्धानका लागि भन्दै होटल मालिकसहित नौ जनालाई पक्राउ गरिएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् ।



nationalnews7 nationalnews7   
  • January 22, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP