Dark Mode

      Subscribe

बजेट खर्च नघटाइए अमेरिका टाट पल्टिने एलन मस्कको चेतावनी

1.1K
SHARES
बजेट खर्च नघटाइए अमेरिका टाट पल्टिने एलन मस्कको चेतावनी

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त गरेका संसारकै धनी व्यक्ति एलन मस्कले लागत कटौती विना अमेरिका टाट पल्टिने बताउनुभएको छ । अर्बपति मस्कले नवनिर्मित सरकारी दक्षता विभाग (डीओजीई) को नेतृत्व गरिरहनुभएको छ । उहाँले आफ्नो अध्ययनबारे ट्रम्पलाई जानकारी गराउँदै बजेट कटौती नगरिए अमेरिका टाट पल्टिने बताउनुभएको एएफपीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले पछिल्ला हप्ताहरूमा सङ्घीय खर्च घटाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । मस्कले गएको आर्थिक वर्ष १.८ ट्रिलियन डलरभन्दा माथि पुगेको देशको घाटा बजेटलाई औँल्याउँदै सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानीको लक्ष्य अघि सार्नुभएको छ ।

यसैबीच ट्रम्पको एक कार्यकारी आदेशमा सङ्घीय कार्यबल घटाउने योजनाको विवरण समावेश गरिएको छ । योजनाले एजेन्सीहरूलाई प्रत्येक चारको सट्टा एक जना कर्मचारी नियुक्त गर्न निर्देशन दिएको छ । आदेशमा प्रत्येक एजेन्सीका प्रमुखले रिक्त पदहरू भर्ने निर्णय गर्दा डीओजीईसँग अनिवार्य परामर्श गर्नु आवश्यक हुनेछ ।

अमेरिकीहरूले रिपब्लिकन नेता ट्रम्पले निर्वाचन अभियानका क्रममा उठाएका मुद्दा अर्थात् ‘प्रमुख सरकारी सुधार’ को पक्षमा मतदान गरेका र सरकारले यसैलाई पछ्याउने मस्कको भनाइ छ । स्पेसएक्स र टेस्लाका प्रमुखसमेत रहेका मस्कले सम्भावित स्वार्थको द्वन्द्वबारे सोधिएको प्रश्नमा आफू सकेसम्म पारदर्शी हुन चाहेको बताउनुभएको छ । अमेरिकामा मस्कको कम्पनीहरूले अमेरिकी सरकारबाट व्यापक लाभ लिइरहेको भनी खासगरी विपक्षी डेमोक्रेट्सहरूबाट आलोचना हुन थालेको छ ।



nationalnews7 nationalnews7   
  • February 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP