Dark Mode

      Subscribe

बालकोटको घर कसरी बन्यो हिसाब देखाउन सक्छु: राधिका शाक्य

1.1K
SHARES
बालकोटको घर कसरी बन्यो हिसाब देखाउन सक्छु: राधिका शाक्य

काठमाडौं । प्रथम महिला राधिका शाक्यले बालकोटको घर कसरी बन्यो भनेर हिसाबकिताब देखाउन सक्ने बताएकी छन्।

शनिबार आफ्नो आत्मकथा ‘करूणा’ को लोकार्पण समारोहमा बोल्दै शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरैले एक पैसा आम्दानी नहुँदा बालकोटको घर कसरी बन्यो भनेर आलोचना गर्ने गरेको बताउँदै त्यो कसरी बन्यो भन्ने हिसाबकिताब देखाउन सक्ने बताएकी हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली ०४८ सालदेखि निरन्तर सांसद रहेको र आफूले पनि ३३ वर्ष राष्ट्र बैंकमा काम गरेको बताइन्।

‘राष्ट्र बैंकमा अन्य ठाउँको तुलनामा सेवा सुविधा राम्रै छ। जसो तसो गरेर एउटा बस्ने घर हामीले बनाएकै हो,’ उनले भनिन्, ‘ प्रश्न गर्नेहरुलाई भन्न ‍मन लाग्छ। त्यो घर कसरी बन्यो के भयो। एक एक हिसाब बुझाउन तयार छु। दुई पैसा कतैबाट केही गरेर ल्याएका छैनौं। आफ्नै पसीना आफ्नै मेहनतले त्यो घर बनाएका छौं।’ उनले ०४४ सालमा बिहे गरेर १७ वर्षसम्म विभिन्न डेरामा बसेको र १७ वर्षपछि २०६० बालकोटको घर बनाएर त्यता सरेको बताइन्।



nationalnews7 nationalnews7   
  • February 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP