Dark Mode

      Subscribe

मधेश–काठमाडौं द्रुतमार्ग २०८३ चैतभित्रै सक्ने सेनाकाे तयारी

1K
SHARES
मधेश–काठमाडौं द्रुतमार्ग २०८३ चैतभित्रै सक्ने सेनाकाे तयारी

काठमाडौं । तराई मधेश–काठमाडौं द्रुतमार्ग (फास्ट ट्याक) को काम २०८३ चैतभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले दाबी गरेको छ । सेना दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर सेनाले द्रुतमार्ग निर्माणको कामलाई विशेष प्राथमिकतामा राखेर तदारुकताका साथ भइरहेको बताएको हो ।

सेनाको युद्धकार्य विभागका निर्देशक सहायक रथी रवीन्द्र खत्रीका अनुसार, हालसम्म द्रुतमार्गमा भौतिक प्रगति ३८.२६ प्रतिशत भएको छ । सेनाले २१ वैशाख २०७४ मा फास्ट ट्याक निर्माण व्यवस्थापनको जिम्मा पाएको थियो । त्यसबेला ३० साउन २०८० भित्र निर्माण सम्पन्न गर्ने गरी सेनालाई जिम्मा दिइएपनि अहिले यो अवधि बढाएर २०८३ को चैत मसान्तसम्म सारिएको छ ।

तर, अहिलेको वित्तिय प्रगति अनुसार, सेनाको लक्ष्य पूरा हुन चुनौति देखिन्छ । फास्ट ट्याक आयोजनाका प्रमुख उपरथी कमलविक्रम शाहले भने आयोजनाको सुरुवातमा जटिल कामहरु भइरहेकाले प्रतिशतमा बढी नदेखिएको बताए ।‘काम हुँदै गर्दा पछि प्रतिशत पनि ह्वात्तै बढेर जान्छ, हामीले तोकिएकै समयमा कार्य सम्पन्न गर्ने गरी काम गरिरहेका छौं’, उनले थपे, ‘२०७४ वैशाखमा हामीलाई यो हस्तान्तरण भएपनि खास काम अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गरेर २०७८ देखि मात्र सुरु भएकाले यसमा ढिलाइ भएको हो ।’

उनले यो आयोजनालाई चाँडै प्रगति हाँसिल गर्न सेनाले दिनरात लगाएर प्रयास गरिरहेको जिकिर गरेका छन् । प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ । काठमाडौं निजगढ द्रुतमार्ग मुलुकको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो ।



nationalnews7 nationalnews7   
  • February 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP