Dark Mode

      Subscribe

युक्रेनकाे क्षति पुनर्निर्माणका निम्ति पाँच खर्ब डलरभन्दा बढी आवश्यक

1.2K
SHARES
युक्रेनकाे क्षति पुनर्निर्माणका निम्ति पाँच खर्ब डलरभन्दा बढी आवश्यक

किएभ । चौथो वर्षमा प्रवेश गरेको रुसी आक्रमणबाट भएको क्षति मर्मत गर्न युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने मंगलबार प्रकाशित संयुक्त मूल्यांकनमा उल्लेख छ ।

“अर्को दशकमा युक्रेनमा पुनर्निर्माण र पुनर्प्राप्तिको कुल लागत पाँच खर्ब २४ अर्ब डलर हुनेछ,” युक्रेन, विश्व बैंक समूह, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “यो अंक सन् २०२४ का लागि युक्रेनको अनुमानित कुल गार्हस्थ उत्पादन (जीडीपी)को लगभग दुई दशमलव आठ गुणा हो ।”

सर्वेक्षणले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरुआतदेखि सन् २०२४ डिसेम्बरसम्म भएको विनाशलाई समेटेको थियो । सर्वेक्षणले देशको १३ प्रतिशत आवास क्षतिग्रस्त वा नष्ट भएको र यसले २५ लाखभन्दा बढी घरपरिवारलाई प्रभावित पारेको पाएको छ ।

सर्वेक्षणअनुसार पूर्व, उत्तर र दक्षिणका अग्रपंक्ति क्षेत्रहरूमा तीन–चौथाइ क्षति भएको छ । “यो मूल्यांकनले रुसले युक्रेनमा पारेको असाधारण क्षतिलाई प्रकाश पार्छ,” विस्तारका लागि ईयू आयुक्त मार्टा कोसलाई उद्धृत गरिएको छ ।

यसअघि सन् २०२४ को फेब्रुअरीमा गरिएको सर्वेक्षणमा युक्रेनलाई आगामी दशकमा चार खर्ब ८६ अर्ब डलरको आवश्यकता पर्ने उल्लेख गरिएको थियो । पुनर्प्राप्ति कार्यक्रमले अहिलेसम्म ऊर्जा पूर्वाधार र घरहरू मर्मत गर्नेमा ध्यान केन्द्रित गरेको छ, किनकि रुसले युद्धग्रस्त देशको बिजुली ग्रिडमा आक्रमण जारी राखेको छ र यसले नियमित रूपमा लाखौँ मानिसलाई अस्थायी विद्युत् कटौतीमा डुबाउँदै लगेको छ ।



nationalnews7 nationalnews7   
  • February 25, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP