Dark Mode

      Subscribe

देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने : प्रधानमन्त्री ओली

871
SHARES
देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने : प्रधानमन्त्री ओली

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने बताउनुभएको छ ।काठमाण्डाैकाे जोरपाटीमा रहेकाे नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनुभएको हो । उहाँले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर सरकारले काम गरिरहेको स्पष्ट गर्दै गरिकले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिनुभयो ।

‘खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । शुल्क तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर अध्ययन गर्ने वातावरण तयार गर्नुपर्दछ’, उहाँले भन्नुभयो, ‘निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले एसइईमा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताउनुभयो ।

यसअघि प्रधानमन्त्री हुँदा आफूले ३ सय ९६ वटा आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उहाँले यसबीचमा प्रभावकारी रूपमा काम हुन नसकेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गर्नुभएको थियो ।



nationalnews7 nationalnews7   
  • February 25, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP