Dark Mode

      Subscribe

शेयर बजार निरन्तर उकालो, एकै दिन ११ अर्ब ३९ करोड बराबरको किनबेच

949
SHARES
शेयर बजार निरन्तर उकालो, एकै दिन ११ अर्ब ३९ करोड बराबरको किनबेच

काठमाडौं । शेयर बजार दुई सातादेखि लगातार बढिरहेको छ । फागुन १ गते विहीबार ७.२६ अंकले घटेको बजार त्यसपछिको दुई साता निरन्तर उकालो चलिरहेको छ ।

फागुन १ गते २६७८.४७ अंकमा रहेको नेप्से फागुन १५ गतेसम्म आइपुग्दा बढेर २८१५.०४ अंकमा उक्लिएको छ । यसरी हेर्दा यो दुई सातामा बजार १३६.५७ अंकले माथि चढेको छ । दुई सातामा दुई दिन बजार रह्यो भने ८ दिनमात्रै कारोबार भएको थियो ।

फागुन ७ गते प्रजातन्त्र दिवस र फागुन १४ गते शिवरात्रिका दिन परेको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द भएको थियो भने बाँकी ८ दिन बजार खुला रह्यो । फागुन ४ गते १९.५६, ५ गते २९.८७, ६ गते १२.६८ र ८ गते ३.१४ अंकले बजार उचालिएको थियो ।

त्यस्तै फागुन ११ गते ११.६६, १२ गते ३.३५, १३ गते ७.१३ र १५ गते विहीबार ४९.१५ अंकले बजार बढेको छ । यसरी दुई साता बजार निरन्तर बढिरहेको देखिन्छ । यसले शेयर बजारमा लगानीकर्ताहरु उत्साहित देखिन्छन् । पछिल्लो समय राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले पनि बजारलाई सपोर्ट गरेको उनीहरुको प्रतिक्रिया छ । यही फागुन १५ गते विहीबारको मात्रै कारोबार हेर्दा पनि एकै दिन ११ अर्ब ३९ करोड बराबरको शेयर किनबेच भएको छ ।



nationalnews7 nationalnews7   
  • February 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP