Dark Mode

      Subscribe

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

1.4K
SHARES
स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

काठमाण्डाै। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा आज प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सिङ्गो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रम सङ्घ सरकारको मात्र नभई पालिका र प्रदेश सरकारको समेत कार्यक्रम रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पाैडेलले छुट्टाछुट्टै रहेका कार्यक्रमहरूलाई एउटै छातामुनि ल्याई उपचारमा सबैको समान पहुँच, सेवा प्रवाहमा पारदर्शिता र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी स्वास्थ्य बीमा प्रणालीलाई समृद्ध, व्यवस्थित र नागरिकमैत्री बनाइने उल्लेख गर्नुभयाे । अहिले स्वास्थ्य सेवासम्बन्धी रकम ३० अर्ब रुपैयाँ हाराहारीमा भएको भन्दै उहाँले स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणालीमार्फत यो रकम खर्च हुने हो भने अहिले देखिएको आर्थिक अभाव हट्ने बताउनुभयो ।

डाक्टर शम्भु आचार्य नेतृत्वको कार्यदलले गएको पुस १६ गते प्रतिवेदन मन्त्री पौडेललाई बुझाएको थियो । समितिले तयार पारेको प्रतिवेदनका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्ययोजनासमेत प्रस्तुत गरेको र मन्त्रालयले दुवै सार्वजनिक गर्दै कार्यान्वयनको चरणमा अघि बढेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।



nationalnews7 nationalnews7   
  • March 16, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP