Dark Mode

      Subscribe

२० करोडभन्दा बढी रकमसहित एकजना पक्राउ

741
SHARES
२० करोडभन्दा बढी रकमसहित एकजना पक्राउ

काठमाडौँ, चैत ५ गते । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताउनुभयो । रासस



nationalnews7 nationalnews7   
  • March 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP