Dark Mode

      Subscribe

साफ यु–२० च्याम्पियनसिप: आइतबार नेपाल र भुटानबीच सेमिफाइनल खेल

767
SHARES
साफ यु–२० च्याम्पियनसिप: आइतबार नेपाल र भुटानबीच सेमिफाइनल खेल

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आइतबार नेपाल र भुटानबीच सेमिफाइनल खेल हुँदैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह ‘बी’ को अन्तिम खेलमा हिजो भारतले माल्दिभ्सलाई पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हा।

समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उपविजेता तथा समूह ‘बी’ मा भारत विजेता र भुटान उपविजेता बनेका हुन् । दोस्रो सेमिफाइनलमा सोमवार भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।



nationalnews7 nationalnews7   
  • August 24, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP