Dark Mode

      Subscribe

तस्करको गोदाममा छापा मार्दा झडप, प्रहरीले गर्यो हवाई फायर

1.4K
SHARES
तस्करको गोदाममा छापा मार्दा झडप, प्रहरीले गर्यो हवाई फायर

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका ६ स्थित भन्सार छलीकाे सामानकाे गोदाममा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर संजिव यादवको नेतृत्वमा प्रहरी टोली भन्सार छलीको सामान राखेको सुराकी पाएपछि गोदाममा छापा मार्न गएका थिए । तर, स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्दै अवरोध गर्न खोजेको थियो ।

प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । उनले बद्री यादवको घरमा रहेको गोदामबाट १४ बोरा अबैध सामान बरामद भएको जानकारी दिए । उनका अनुसार बरामद सामान अहिले ल्याउने काम भइरहेको छ । बोरामा भन्सार छलीको समान छ । तर समान के हो? खुलेको छैन । डिएसपी सिंहले भन्सार छलीको समान राख्ने वा घरधनीमध्ये कोही पक्राउ नपरेको बताए ।



nationalnews7 nationalnews7   
  • March 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP