Dark Mode

      Subscribe

सेयर बजार आजपनि उच्च अंकले बढ्यो, ५ अर्बभन्दा धेरैको कारोबार

1.1K
SHARES
सेयर बजार आजपनि उच्च अंकले बढ्यो, ५ अर्बभन्दा धेरैको कारोबार

काठमाण्डाै । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ४३ अङ्कले बढेर २ हजार ६ सय ६३ दशमलव ३० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ६ प्रतिशतले उकालो लागेको छ । यस्तै लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज गुराँस लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन कुमारी सबल योजनाको शेयर सबैभन्दा धेरै झन्डै २ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका ९७ लाख ७२ हजार कित्ता शेयर ५ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।



nationalnews7 nationalnews7   
  • March 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP