Dark Mode

      Subscribe

ट्रकमा भेटिएको २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक नारायण पौडेल भएकाे खुलासा

949
SHARES
ट्रकमा भेटिएको २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक नारायण पौडेल भएकाे खुलासा

काठमाडौं । गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिका झोरबाट ट्रकमा बरामद भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको खुलेको छ । प्रहरीले दुई साताको अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक पौडेल भएको खुलेको हो । यसअघि पनि पटक-पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको छ ।

उनका दाजु बच्चु पौडेल र भाइ राजकुमार पौडेल पनि यसअघि ३३ किलो सुन प्रकरणमा संलग्न मानिएका थिए । पौडेललाई २०७४ सालमा सिआइबीले सुन तस्करीमा मुद्दा दर्ता गरेपछि फरार भएका थिए । उनलाई तत्कालीन गृहमन्त्री जनार्दन शर्माले जोगाएको आरोप समेत लागेको थियो । बरामदमध्ये १४ किलो टोखाबाटै भेटिएको थियो । राजकुमार २०७४ सालमा भोटेकोशी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । २०७९ मा भने उनी कांग्रेससँग पराजित भए ।

नारायण पनि माओवादीमा आबद्ध छन् भने अर्का भाइ बच्चु पौडेल कांग्रेससँग छन् । जेठो ध्रुव पौडेल २०५४ सालमा एमालेबाट फुल्पिङकट्टी गाविस अध्यक्ष भएका थिए । बच्चु पौडेल बच्चु हिमालय सिमापार व्यापार संघको पूर्व अध्यक्ष हुन् । साइलो नारायण पौडेल माओवादीमा आबद्ध छन् । पौडेलकी पत्नीको केही समयअघि क्यान्सरबाट निधन भएको थियो । रक्तचन्दन तस्करीमा संलग्न नारायण भारतमा बसेर कारोबार गर्थे भने कान्छो राजकुमार पौडेल भने माओवादीको नेतृत्वमै छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई टोखा नगरपालिका-१० बस्ने उनै नारायण पौडेल २५ करोडको मालिक भएको प्रहरीले पुष्टि गरेको छ । उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ । गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । उनी पनि भोटेकोशी वडा नम्बर १ कै बासिन्दा हुन् ।



nationalnews7 nationalnews7   
  • April 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP