Dark Mode

      Subscribe

T20I सिरिज: हङकङमा भिड्न नेपाली क्रिकेट टोलीकाे घोषणा

2.6K
SHARES
T20I सिरिज: हङकङमा भिड्न नेपाली क्रिकेट टोलीकाे घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चारदेशीय T20I सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा गरेको छ । हङकङमा अप्रिल ९ देखि १३ सम्म सञ्चालन हुने T20I सिरिजका लागि क्यानले पौडेलको कप्तानीमा सिरिज खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपालले पहिलो खेल अप्रिल ९ मा कतार, अप्रिल १० मा कुवेत र अप्रिल १२ मा हङकङसँग खेल्नेछ । अप्रिल १३ मा फाइनल हुनेछ । टोलीमा लोकेश बम, बसिर अहमद, नन्दन यादव र शाहव आलम पनि समेटिएका छन् ।

यस्तै आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, रिज ढकाल र गुल्शन झा टिममा परेका छन्। सन्दीप लामिछाने, अनिलकुमार शाह, आरिफ शेख जस्ता खेलाडीले भने यो सिरिज गुमाउने भएका छन् ।



nationalnews7 nationalnews7   
  • April 5, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP